Section 8
विदेशी लगानी करको भुक्तानी
(१) दफा ६ वा ७ अन्तर्गत निर्धारित गरिएको विदेशी लगानी करको रकम कर निर्धारणको आदेश प्राप्त भएको ३५ दिनभित्र करदाताले सोही आदेशमा तोकिएको कर अड्डामा दाखिल गर्नु गराउनु पर्छ ।
(२) सो दाखिल नगरिएमा कर अधिकृतको सूचना अनुसार सो रकम स्थानीय माल अड्डाले वा नेपाल सरकारले तोकिदिएको अधिकारीले प्रचलित नेपाल कानुनको कार्य प्रणालीबमोजिम त्यस्ता करदाताको जायजाद गरी असूल उपर गरी लिन सक्नेछ ।